पाँच वर्षभित्र जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउँछौं : रमेश लेखक
नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–३ का सत्ता गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउने बताएका छन् । आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि सोमबार घरदैलो अभियानका क्रममा लेखकले पाँच वर्षपछिको निर्वाचनमा जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउने बताए ।
‘जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बजेट हालेर बनाएँ । तर अहिले एमालेहरू भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु,’ उनले भने । स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रूपमा देखिएको बताउँदै उनले भारतसँग उत्तर–पश्चिममाको सीमा शून्य बिन्दुदेखि वडा नम्बर ३ सम्म तटबन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताए ।
‘२०७४ मा बेलबहादुर रानाजी र म चुनाव हार्दा त्यो तटबन्ध निर्माण पनि त्यही रोकियो,’ उनले भने, ‘मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस्, कुतियाकवरसम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।’ २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा लेखक जोगबुढा नदीमा किस्ती चढेर पुगेका थिए ।
‘२०७० सालमा यहाँ भोट माग्न आउँदा किस्ती चढेर जोगबुढा तरेर आवतजावत गर्दा तपाईँहरूले झोलुङ्गे पुल माग गरेको सम्झना छ,’ लेखकले भने । उनले अगाडि भने, ‘मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउँदैनन् भनेको थिए, आज हामी त्यही बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण