मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको महत्वकांक्षी घोषणा : पूर्व–पश्चिम मेघा नहर

सोमबार, १४ कात्तिक २०७९, १४ : १०
सोमबार, १४ कात्तिक २०७९

नेकपा एकीकृत समाजवादीले पूर्व पश्चिम मेघा नहर निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर सो पार्टीले यस्तो योजना अघि सारेको हो । ‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदिलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोँचका साथ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने छ’, नेकपा एकीकृत समाजवादीले आफ्नो घोषणापत्रमा भनेको छ । 

यो योजनामार्फत सो पार्टीले आधुनिक सिञ्चाइ प्रणाली लागू गरी सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा सिँचाइको व्यवस्था गर्न सकिने जनाएको छ ।  ‘तराई/मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरङ, सुनकोसी, कमला र सुनकोसी–मरिन–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी– बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइनेछ’, नेकपा समाजवादीले भनेको छ, ‘भूमिगत सिँचाइको सम्भावना भएका तराई–मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेंसी तथा टारमा सौर्य ऊर्जा एवम् अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ कार्यक्रम लागू गर्न जोड गरिने छ । पुराना सिँचाइ प्रणालीलाई मर्मत–सम्भार तथा पुनर्निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गरिने छ ।’

त्यस्तै चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछा पालन कार्यक्रम लाग गर्न पहल गर्ने र आकासे पानी सङ्कलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लास्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन जोड गरिने उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप