शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रिवाइन्ड २०१९ः बिल गेट्स खाजाका लागि लाइनमा लागे, तस्बिरमा कर्पोरेट जगतका १० रोचक घटना

शुक्रबार, ११ पुस २०७६, १० : ००
शुक्रबार, ११ पुस २०७६

कर्पोरेट जगतमा सन् २०१९ मा विभिन्न रोचक घटनाक्रम घटित भएका छन् । वर्षको सुरुवातमा संसारका सर्वाधिक धनी व्यक्ति एवं माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको साधारण व्यक्तित्व देखाउने एउटा तस्बिर व्यापक चर्चित भयो । यता भारतमा अम्बानी दाजुभाइ निकै चर्चामा रहे । एक भुक्तानी विवादमा भाइ अनिल अम्बानी अदालतमा उपस्थित हुनुपर्यो । अर्कोतर्फ दाइ मुकेश अम्बानीले विभिन्न सफलता हासिल गर्न भए । उनका जेठो छोरा आकाशको विवाहमा संसारभरीका राजनीति र कर्पोरेट जगतका मानिसहरु उपस्थित भए । उता भारतकी अर्थमन्त्री निर्मला सीतारमणले इतिहास परिवर्तन गरिन् । ब्रिफकेसमा बजेट ल्याउने परम्परा तोड्दै सीतारमणले रातो रंगको कपडाको फोल्डरमा बजेट लिएर उपस्थित भइन् । उड्डयन क्षेत्रबाट केही भावुक गराउने तस्बिर पनि सार्वजनिक भए । एक नजरमा हेर्नुहोस् यस्तै १० ठूला घटनाका झलक ।

सेलिब्रेशन, एक्सन, इमोशन

१. १८ जनवरीः बिल गेट्स खाजाका लागि लाइनमा बसे

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स वासिङ्टनमा फास्ट फूड लिनका लागि रेष्टुरेन्टबाहिर लाइनमा बसेका थिए ।


२. १२ फेब्रुअरीः अनिल अम्बानीको अदालतमा पेशी

अनिल धीरुभाइ अम्बानी ग्रुपका अध्यक्ष अनिल अम्बानी एरिक्सन विवादमा सर्वोच्च अदालतमा पेश भएका थिए ।


३. ९ मार्चः आकाश अम्बानीको विवाह

मुकेश अम्बानीका जेठो छोरा आकाश अम्बानीको विवाह श्लोक मेहतासँग भयो । गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाइ श्रीमती अञ्जलीसँग उक्त विवाहमा सरिक भए ।


४. ९ मार्चः निरव मोदी लण्डनमा देखिए

भारतबाट भागेर पिएनबी घोटालाका आरोपी निरव पहिलो पटक देखिए । पहिचान परिवर्तन गरेर उनी लण्डनमा घुमिरहेका थिए ।


५. १८ अप्रिलः जेट एयरवेजका कर्मचारी क्वाँक्वाँ रोए

आर्थिक संकटका कारण १७ अप्रिलमा जेट एयरवेजको संचालन बन्द भएको थियो । कर्मचारीले १८ अप्रिलमा सरकारसँग मद्दतको गुहार मागे, त्यतिबेला उनीहरु भावुक भएका थिए ।


६. ३० मेः मोदीको शपथग्रहण

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी श्रीमती नीता र कान्छा छोरा अनन्तसँग कार्यक्रममा पुगेका थिए । टाटा ग्रुपका अध्यक्ष एमेरिटस रतन टाटा पनि समावेश भएका थिए ।


७. ५ जुलाईः बजेट

ब्रिफकेसमा बजेट ल्याउने १ सय ५९ वर्ष पुरानो परम्परा तोड्दै भारतीय अर्थमन्त्रीले रातो रंगको कपडामा बजेट लिएर उपस्थित भइन् । सरकारले यसलाई पश्चिमी मानसिकताको गुलामीबाट बाहिर आएको प्रतिक बतायो । यो बजेटलाई बही खाता नाम दिइयो ।

८. १० सेप्टेम्बरः ज्याक माको रकस्टार अन्दाज

चीनको सबैको ठूलो ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माले अवकाश लिए । सेलिब्रिशमा गितार बोके र रक स्टार झल्काउने विग लगाएर पुगे, पप गीत पनि गाए ।


९. १० अक्टोबरः मलिवन्दर–शिविंदर पक्राउ

रेनबेक्सी र फोर्टिस हेल्थकेयरका पूर्व प्रामोटरलाई दिल्ली पुलिसको आर्थिक अपराध शाखाले पक्राउ गरेको थियो । रेलिगेयर फिनवेस्ट कम्पनीमा २३९७ करोड भारुको धोकाधडीमा मलविन्दर–शिविन्दरविरुद्ध कारवाही भयो ।

१०. १० डिसेम्बरः स्विडेनमा नोबेल अवार्ड सेरेमनी

भारतीय मूलका अभिजीत बनर्जी परम्परागत धोती कुर्ता लगाएर नोबेल अवार्ड लिन पुगे । बनर्जीकी श्रीमती एस्थर डुफ्लो साडी लगाएर पुगिन् । दुबैले संयुक्त रुपमा अर्थशास्त्रको नोबेल पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप