अनिल अम्बानीबिरुद्ध चीनका तीन बैङ्कद्वारा मुद्दा, ५ हजार करोड भारु तिर्नुपर्ने माग

एजेन्सी । भारतीय व्यवसायी अनिल अम्बानीबिरुद्ध चीनका तीन बैङ्कले लन्डनको अदालतमा मुद्दा दायर गरेको छ ।
मिडिया रिपोर्टका अनुसार द इन्डस्ट्रियल एन्ड कमर्सियल बैङ्क अफ चाइना (आईसीबीसी), चाइना डेभलपमेन्ट बैङ्क र एक्सपोर्ट–इम्पोर्ट बैङ्क अफ चाइनाले अनिल अम्बानीको निजी ग्यारेन्टीमा उनको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम) लाई सन् २०१२ मा ९२.५२ करोड डलर ऋण दिएको थियो ।
आरकमले सन् २०१७ को फेब्रुअरीमा ऋण चुक्ता गर्नेमा डिफल्ट घोषणा गरेको थियो । उसमाथि ६८ करोड डलर बक्यौता रहेको छ ।
उता, अनिल अम्बानीका वकिल रोबर्ट हबले अदालतमा अम्बानीले निजी ग्यारेन्टी कहिल्यै पनि नदिएको दाबी गरेका छन् ।
बरु बिना शर्त पर्सनल कम्फर्ट लेटर दिने सहमति भएको उनको भनाइ थियो । कम्फर्ट लेटरबाट कम्पनी वित्तीय अनुबन्धसँग जोडिएको जिम्मेदारी पुरा गर्ने भरोसा दिइन्छ तर यो पत्रमा कानूनी बाध्यता भने हुँदैन ।
चीनका बैङ्कहरुले अदालतमा दिएको जानकारी अनुसार अम्बानी सन् २०११ मा बेइजिङ गएका थिए । उनले आइसीबीसीका पूर्व अध्यक्ष जियाङ जिआनक्विङसँग कर्जा सम्बन्धी कुराकानी गरेका थिए । आइसीबीसीका वकिलका बंकिम थांकीका अनुसार अनिल अम्बानीबाट रिलायन्सका कमर्सियल एवम् ट्रेजरी हेड हसित शुक्लाको निजी ग्यारेन्टीमा दस्तखत गरेका थिए ।
तर, अम्बानीका वकिलले शुक्लालाई अम्बानीको तर्फबाट हस्ताक्षर गर्ने अधिकार नै नभएको दाबी गरेका छन् ।
शुक्रबार यस विषयमा भएको सुनुवाईमा आइसीबीसीका वकिलले अदालतलाई चाँडो फैसला दिन वा अम्बानीलाई ब्याजसहित बक्यौता रकम चुक्ता गर्न सशर्त आदेश जारी गर्न अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल