जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या
आइतबार, १५ वैशाख २०७६, ०९ : ०८

वित्तिय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । पुलिसका अनुसार ५३ वर्षका शैलेष कुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।
पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । पुलिसका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छोडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरे ।
शैलेष सिंहका जेठा छोरा पनि जेट एयरवेजमा नै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे
-
९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ