आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जेट एयरवेजलाई एयर इन्डियाको सहारा

शुक्रबार, ०६ वैशाख २०७६, ०८ : ४३
शुक्रबार, ०६ वैशाख २०७६

जेट एयरवेजका सेवा बन्द भइसकेको छ । यसैकारण यहाँका हज्जारौं कर्मचारी बेरोजगार भएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार एयर इन्डियाले जेट एयरवेजका पाँच ठूला विमानलाई भाडामा लिनका लागि प्रस्ताव गरेको छ । यो प्रस्ताव एयर इन्डियाले त्यहि दिन राखेको थियो जुन दिन जेट एयरवेजले अस्थायी रुपमा आफ्ना सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

खबरका अनुसार सरकारको नियन्त्रण भएको एयर इन्डियाले भारतीय स्टेट बैंकलाई आफूहरु जेट एयरको लण्डन, दुबई र सिंगापुर जाने बोइंग ७७७ विमानलाई भाडामा लिन चाहेको बताएको छ ।

यसका साथै एयर इन्डियाले जेट एयरवेजका १५० क्रु सदस्यलाई पनि अन्तरराष्ट्रिय उडानका लागि राख्ने प्रस्ताव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप