८ डलरको खाजा लिन लाइनमा बसे ६३ वर्षीय बिल गेट्स, फोटो सोसल मिडियामा भाइरल
संसारका दोस्रो धनी व्यक्ति बिल गेट्सको साधारण व्यक्तित्वका विभिन्न उदाहरण छन् । माइक्रोसफ्ट कम्पनीका कर्मचारीले पनि थुप्रै पटक बिल गेट्सलाई सबैभन्दा उत्कृष्ट मालिक बताइसकेका छन् । अब सोसल मिडियामा बिल गेट्सको एउटा फोटो भाइरल भएको छ जसमा उनी एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका छन् । त्यो पनि ८ डलरको बर्गर–फ्राई र कोकका लागि ।
बर्गरका पारखी हुन् गेट्सः
गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको बताइएको हो । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् ।
माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भयो । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’
ट्रम्पमाथि निशानाः
गेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखे, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’
फेसबुकमा यो फोटोले अहिलेसम्म २० हजार बढी लाइक पाइसकेको छ । फोटो १६ हजार बढी पटक सेयर भइसकेको छ । गेलोसका अनुसार बिल गेट्स कहिले पनि प्रचारको भोको रहेनन् उनी निकै मिलनसार छन् तर उनलाई थाहा छ कि उनलाई मानिसहरुले सेलिब्रिटीको रुपमा हेर्छन् ।
सधैं निकै साधारण रहेः
बिल गेट्सले पहिले पनि अन्तर्वार्तामा आफूलाई कुनै विशेष व्यक्तिको रुपमा हेर्ने कुनै शौख नभएको बताइसकेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण