ज्याक माको खुलासाः १९ वर्षअघि बिल गेट्सलाई घृणा गर्दथेँ तर केही दिनमै प्रशंसक भए
ज्याक मा (५४) ले सन् १९९९ मा जब अलिबाबाको सुरुवात गरेका थिए तब उनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई घृणा गर्दथे । ज्याक मालाई लाग्थ्यो कि माइक्रोसफ्टले सबै मौका खोस्यो । इजराइलको तेल अविवमा इनोभेसन समिटको क्रममा बिहिबार मा आफैंले यो कुराको खुलासा गरेका हुन् ।
ज्याक मा एशियाको सबैभन्दा धेरै मार्केट भ्यालु भएको अलिबाबा ग्रुपका चेयरम्यान हुन् । उनी चीनका सबैभन्दा धनी उद्योगपति हुन् । उनको सम्पत्ति ३६.७ अर्ब डलर छ ।
ज्याक माका अनुसार अलिबाबाको सुरुवाती समयमा माइक्रोसफ्ट, आइबीएम, आरेकलजस्ता कम्पनीको महँगो सेवाका कारण स्टार्टअपका लागि समस्या हुने गर्दथ्यो । तर उनलाई तत्काल थाहा भयो कि यसका लागि बिल गेट्स वा अन्य व्यक्ति जिम्मेवार छैनन् । उनलाई लाग्न थाल्यो कि यस्तो बहाना बनाएर उनी आफ्नो र अन्य नयाँ कारोबारीका लागि मौका गुमाइरहेका थिए ।
अलिबाबाका अध्यक्षलाई लाग्छ कि धेरै मानिसहरु यो भएन, त्यो भएन भन्दै बहाना बनाइरहन्छन् । उनी भन्छन्, ‘तर यदि तपाईं बहाना र समस्यालाई समाधान गर्न सक्नुहुन्छ भने त्यो अवसरमा परिणत हुन्छ । ’ यस्तै सोचलाई अनुसरण गर्दै आफूले साधारण र सस्तो प्रविधी तयार गरेको उनले जानकारी दिए ।
बिल गेट्सबाट धेरै कुरा सिकेंः ज्याक मा
यस्तो महसुस हुनेबित्तिकै आफू बिल गेट्सको फ्यान भएको उनले बताए । माले थुप्रै पटक भनिसकेका छन् कि बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशनले उनलाई सामाजिक कार्यको प्रेरणा पाएका छन् ।
ज्याक माले गत महिना व्यापारिक जिम्मेवारीबाट अवकाश लिने घोषणा गरेका थिए । त्यतिबेला पनि उनले बिल गेट्सबाट धेरै कुरा सिकेको बताएका थिए । उनले भनेका थिए, ‘बिल गेट्सबाट मैले धेरै कुरा सिकें । म कहिले पनि उनी जत्तिको धनी हुन सक्दिनँ । तर उनीभन्दा अघि अवकाश त लिन सक्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण