बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

अप्रिल १ बाट जेट एयरवेजका पाइलटको हड्ताल !

बुधबार, ०६ चैत २०७५, १५ : ४४
बुधबार, ०६ चैत २०७५

नयाँ दिल्ली– भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । 

यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । 

यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा सयौं उडान रद्द हुने गरेको बताइन्छ । भारुको अवमूल्यन भइरहेको यस अवस्थामा तेलको मूल्य भने बृद्धि हुनाले एयरलाइन्सलाई थप भार परेको छ । यसअघि नै जेट एयरलाइन्सका ४० भन्दा बढी विमान थन्किएका छन् । 

आगामी मार्च ३१ सम्म एयरलाइन्स व्यवस्थापनले कम्पनीको प्रगति, भविष्य, समाधानको विषयमा जानकारी गराएको खण्डमा मात्र आआफ्नो कार्य सुचारु गर्ने ‘नेसनल एभीएटर गिल्ड’का उपाध्यक्ष क्याप्टेन असिम भलिआनीलाई उद्धृत गर्दै समाचारदाताहरुले बताएका छन् । 

भारत सरकारले गत मङ्गलबार जेट एयरवेज व्यवस्थापनलाई थन्किएका विमानहरुको भविष्यको विषयमा आकस्मिक छलफलको लागि आह्वान गरेपछि परिस्थितिको यस प्रकार परिवर्तन आएको छ । 

भारतीय यस विमान कम्पनीका पाइलट एवं अरु कर्मचारीले केही महिनादेखि तलब समेत पाएका छैनन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप