अनिल अम्बानीविरुद्धको मुद्दामा भएको थियो गडबड, सर्वोच्च अदालतका दुई कर्मचारी पक्राउ

भारतको सर्वोच्च अदालतको निर्णयमा हेरफेर गर्ने अदालतका दुई कर्मचारीलाई क्राइम ब्रान्चले पक्राउ गरेको छ ।
दुबैले अनिल अम्बानीसँग सम्बन्धित एक आदेशमा परिवर्तन गरेका थिए । व्यवसायी अनिल अम्बानीलाई सर्वोच्च अदालतमा पेश हुने आदेश दिइएको थियो तर यी दुई कर्मचारीले आदेश लेख्ने बेला ‘नट’ शब्द हटाइदिएका थिए । त्यसपछि यो आदेश सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको थियो । यसबारे जानकारी भएपछि सर्वोच्च अदालतले अनुसन्धानको आदेश दिएको थियो जसमा दुई कर्मचारीको संलग्नता देखियो । दुबैलाई मुख्य न्यायाधिस रञ्जन गोगोइले फेब्रुअरी १३ मा बर्खास्त गरेका थिए ।
जानकारीका अनुसार सर्वोच्च अदालतको रजिस्ट्रारको उजुरीपछि मार्च १ मा दिल्ली पुलिसले मुद्दा दर्ता गरेको थियो । यसलाई क्राइम ब्रान्चमा सुम्पिएको थियो । क्राइम ब्रान्चले आरोपी कर्मचारी पूर्व सहायक रजिस्ट्रार मानव शर्मा र तपन कुमार चक्रवर्तीलाई आइतबार पक्राउ गरेको हो । अहिले दुई कर्मचारीमाथि सोधपुछ भइरहेको छ र कसले भनेपछि हेरफेर गरेको भन्ने जानकारी बटुलिरहेको छ । यसमा क–कसको संलग्नता छ भन्नेबारे पनि पत्ता लगाउने कोसिस गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य