अनिल अम्बानीविरुद्धको मुद्दामा भएको थियो गडबड, सर्वोच्च अदालतका दुई कर्मचारी पक्राउ
भारतको सर्वोच्च अदालतको निर्णयमा हेरफेर गर्ने अदालतका दुई कर्मचारीलाई क्राइम ब्रान्चले पक्राउ गरेको छ ।
दुबैले अनिल अम्बानीसँग सम्बन्धित एक आदेशमा परिवर्तन गरेका थिए । व्यवसायी अनिल अम्बानीलाई सर्वोच्च अदालतमा पेश हुने आदेश दिइएको थियो तर यी दुई कर्मचारीले आदेश लेख्ने बेला ‘नट’ शब्द हटाइदिएका थिए । त्यसपछि यो आदेश सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिएको थियो । यसबारे जानकारी भएपछि सर्वोच्च अदालतले अनुसन्धानको आदेश दिएको थियो जसमा दुई कर्मचारीको संलग्नता देखियो । दुबैलाई मुख्य न्यायाधिस रञ्जन गोगोइले फेब्रुअरी १३ मा बर्खास्त गरेका थिए ।
जानकारीका अनुसार सर्वोच्च अदालतको रजिस्ट्रारको उजुरीपछि मार्च १ मा दिल्ली पुलिसले मुद्दा दर्ता गरेको थियो । यसलाई क्राइम ब्रान्चमा सुम्पिएको थियो । क्राइम ब्रान्चले आरोपी कर्मचारी पूर्व सहायक रजिस्ट्रार मानव शर्मा र तपन कुमार चक्रवर्तीलाई आइतबार पक्राउ गरेको हो । अहिले दुई कर्मचारीमाथि सोधपुछ भइरहेको छ र कसले भनेपछि हेरफेर गरेको भन्ने जानकारी बटुलिरहेको छ । यसमा क–कसको संलग्नता छ भन्नेबारे पनि पत्ता लगाउने कोसिस गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण