भारतीय आयल निगमले तेल नदिँदा काठमाडौँमा तेलविहीन बनेको हो जेट एयरवेजको विमान ?
टाट पल्टिने अवस्थामा पुगेको जेट एयरवेयजको विमानलाई भारत र भारतबाहिर उडान भर्न दिनानुदिन कठिन बन्दै गइरहेको छ ।
भारतीय आयल निगम (आइओसी) ले बुधबार जेट एयरवेजका विमानहरुलाई बुधबार ३ बजेदेखि ६ घण्टासम्म तेल दिन बन्द गरेको थियो ।
आम्सटरडामबाट मुम्बाईका लागि उडान भर्न लागेको विमानलाई सिचिफोल विमानस्थलमा युरोपियन कार्गो फर्मलाई पैसा नतिरेको कारण रोकिएपछि आइओसीले जेट एयरवेजलाई तेल दिन बन्द गरेको हो । यात्रुहरु उक्त विमानभित्र चढिसकेको अवस्था नरहे पनि उनीहरु आम्सटरडाममा नै रोकिएका छन् ।
आइओसीका एक कर्मचारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘बुधबार दिँउसो ३ बजेदेखि जेट एयरवेजका सबै विमानहरलाई भारतभर तेल दिन बन्द गरिएको थियो । विमान कम्पनीलाई एक ऋणदाताले उधारो तिर्न तत्काल ३३ करोड रुपैयाँ प्रदान गरेपछि राती ९ बजेदेखि तेल दिन पुनः सुचारु गरिएको थियो ।’
यता, बुधबार नै काठमाडौँ विमानस्थलमा जेट एयरवेजको विमानमा तेल नरहेको फेला परेको थियो ।
नयाँ दिल्लीका लागि उड्न तयार रहेको विमान पार्किङ वेमा स्टार्ट गरेपछि पाइलटले तेल नभएको त्रिभुवन विमानस्थललाई जानकारी गराएका थिए ।
तेल भरेर निर्धारित समयभन्दा करिब एक घण्टापछि विमान उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
आइओसीले तेल नदिएकै कारण जेट एयरवेजको विमान काठमाडौँमा तेलविहीन अवस्थामा पुगेको हो या कम्पनीको लापरवाहीले त्यो भने स्पष्ट पारिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण