भारतीय कम्पनी जेट एयरवेजका कर्मचारीद्वारा आत्महत्या
सोमबार, १६ वैशाख २०७६, ०७ : २४
काठमाडौं - वित्तीय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय सैलेशकुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।
पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । प्रहरीका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छाडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो चौथो तल्ताबाट हाम फालेर आत्महत्या गरे ।
सैलेश सिंहका जेठा छोरा पनि जेट एयरवेजमै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् । यो समाचार कारोबारमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण