अनिल अम्बानीले ४५९ करोड भारु ऋण तिरे, जेल जानबाट बचाएकोमा दाइलाई दिए धन्यवाद
अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) ले सर्वोच्च अदालले तोकेको समयसीमा अगावै स्विडेनको कम्पनी एरिक्सनलाई बक्यौता ४५९ करोड भारु चुक्ता गरिदिएका छन् । यसको ब्याज पनि समावेश छ । आरकमले ११८ करोड पहिले नै जम्मा गरिरहेको थियो ।
अनिलले दाइ मुकेशप्रति आभार व्यक्त गरेः
अनिलले दाइ मुकेशप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘म आफ्ना दाइ मुकेश अम्बानी र निता अम्बानीलाई मनैदेखि आभार व्यक्त गर्न चाहन्छु । उहाँहरुले मुश्किलको समयमा मेरो साथ दिनुभयो । म र मेरो परिवार आभारी छौं कि हामी अतितबाट अघि बढिसकेका छौं ।’
सर्वोच्च अदालतले रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीलाई जानीजानी अदालतको आदेशको उल्लंघन गरेको र टेलिकम उपकरण बनाउने कम्पनी एरिक्सनलाई ५५० करोड भारु बक्यौता भुक्तानी नगरेको भन्दै अदालतको मानहानीमा दोषी ठहर गरेको थियो ।
अनिल अम्बानीलाई सर्वोच्चको ठूलो झट्काः चार हप्ताभित्र पैसा तिर नभए जेल जाउ
भारतीय मिडियाका अनुसार सर्वोच्च अदालतले अम्बानी, रिलायन्स टेलिकमका अध्यक्ष सतिश सेठ र रिलायन्स इन्फ्राटेलकी अध्यक्ष छाया विरानीले अदालतमा दिएको आश्वासन र यससँग जोडिएको आदेशको उल्लंघन गरेको बताएको छ । अदालतले उनीहरुलाई चार हप्ताभित्र ४५३ करोड भारु चुकाउनु पर्ने आदेश दिएको छ । तोकिएको समयमा रकम भुक्तानी गर्न नसके तीन महिना जेल सजाय भोग्नुपर्ने अदालतले बताएको छ ।
अनिल अम्बानीः ४५ अर्ब डलरबाट २.५ अर्ब डलरसम्मको कहानी
मामला एरिक्सन इन्डियालाई ५५० करोड रुपैयाँको बक्यौता राशी दिनेबारे हो । अनिल धिरुभाइ अम्बानी ग्रुप (एडीएजी) का अध्यक्ष अनिल अम्बानी र अन्यविरुद्ध बक्यौता रकम नबुझाएकोमा टेलिकम उपकरण निर्माता एरिक्सनले सर्वोच्च अदालतमा तीनवटा मुद्दा दर्ता गरेको थियो ।
सर्वोच्च अदालतले रिलायन्स टेलिकम र रिलायन्स इन्फ्राटेललाई चार हप्तामा सर्वोच्च न्यायालयको रजिस्ट्रीमा एक–एक करोड भारु जम्मा गर्न पनि भनेको छ । यस्तो नगरे एक महिनाको अतिरिक्त जेल सजाय हुने बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण