जेट एयरवेजलाई अर्को धक्का, बाहिरिए सिइओ
मङ्गलबार, ३१ वैशाख २०७६, २३ : ३५
एजेन्सी-भारतीय विमान कम्पनी जेट एयरवेजका डेपुटी सिइओ अर्थात सिएफओ अमित अग्रवालले राजीनामा दिएलगत्तै सिइओ विनय दुबेले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । एयरलाइन्स प्रशासनले यसको पुष्टि गरेको छ । विनयले सन् २०१५ मा एयरलाइन्समा सेवा सुरु गरेका थिए ।
पछिल्लो एक महिनायता जेट एयरका धेरै बोर्ड मेम्बरले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । विनयले आफ्नो पदबाट राजीनामा दिनुलाई आफ्नो व्यक्तिगत मामला भएको बताएका छन् । केही महिनाअघि मा सो कम्पनीका डेपुटी सिइओ अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
आर्थिक संकटमा फसेपछि उक्त एयरलाइन्सले १७ अप्रिलबाट अस्थाई रुपमा आफ्नो सेवा बन्द गरेको थियो । एयरलाइन्सको ७५ प्रतिशत हिस्सेदारी बेच्नका लागि यसका कर्जादाता बैंकले बोलपत्र समेत आह्वान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण