जेट एयरवेजलाई अर्को धक्का, बाहिरिए सिइओ
मङ्गलबार, ३१ वैशाख २०७६, २३ : ३५

एजेन्सी-भारतीय विमान कम्पनी जेट एयरवेजका डेपुटी सिइओ अर्थात सिएफओ अमित अग्रवालले राजीनामा दिएलगत्तै सिइओ विनय दुबेले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । एयरलाइन्स प्रशासनले यसको पुष्टि गरेको छ । विनयले सन् २०१५ मा एयरलाइन्समा सेवा सुरु गरेका थिए ।
पछिल्लो एक महिनायता जेट एयरका धेरै बोर्ड मेम्बरले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् । विनयले आफ्नो पदबाट राजीनामा दिनुलाई आफ्नो व्यक्तिगत मामला भएको बताएका छन् । केही महिनाअघि मा सो कम्पनीका डेपुटी सिइओ अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
आर्थिक संकटमा फसेपछि उक्त एयरलाइन्सले १७ अप्रिलबाट अस्थाई रुपमा आफ्नो सेवा बन्द गरेको थियो । एयरलाइन्सको ७५ प्रतिशत हिस्सेदारी बेच्नका लागि यसका कर्जादाता बैंकले बोलपत्र समेत आह्वान गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे
-
फ्राईडे रिलिज : ‘खेल’ भर्सेज ‘भूठान’
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल