मुकेश अम्बानीको रिलायन्स सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनी
भारतका अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले सार्वजनिक कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई कमाइका हिसाबले उछिनेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार धेरै आम्दानी गर्ने कम्पनीमा आईओसीलाई रिलायन्सले पछि पारेको हो ।
३१ मार्चमा सकिएको आर्थिक वर्ष २०१८/१९ मा अम्बानीको आरआईएलले ६२ खर्ब भारुको कारोबार गरेको थियो । भने आईओसीको कमाई ६१ अर्ब भारु थियो ।
यसैगरी रिलायन्स देशकै सबैभन्दा धेरै नाफा गर्ने कम्पनी पनि बनेको छ । गत वर्ष रिलायन्सको नाफा ३ खर्ब ९५ अर्ब ८८ करोड भारु रहेको छ । भने आईओसीको नाफा १ खर्ब ७२ अर्ब ७४ करोड भारु रहेको छ ।
१० वर्ष पहिले आईओसीको तुलनामा आधा मात्र रहेको रिलायन्सले टेलिकम रिटेल र डिजिटल सर्भिसेज बिजनेसमा तीव्र गतिमा विस्तार गरेको थियो ।
आईओसीलाई यो वर्ष तेल तथा प्राकृतिक ग्यास निगम (ओएनजीसी) ले पनि पछि पार्ने देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कम्पनीले पहिलो नौ महिनामा २२ हजार ६ सय ७१ करोड भारुको मुनाफा हासिल गरेको छ । यसविपरित रिलायन्सले खुद नाफा भने १३ प्रतिशतले बढेर ३९ हजार ५ सय ८८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै रिलायन्सको व्यवसाय पनि ४४ प्रतिशतले बढेको छ । सन् २०१० यता १४ प्रतिशतले वृद्धिदर कम्पनीले हासिल गरेको छ । रिलायन्सको तुलनामा आईओसीले पनि २० प्रतिशत वृद्धि हासिल गरेको छ । आईओसीले सन् २०१० यता हरेक वर्ष ६.३ प्रतिशतले व्यवसाय विस्तार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण