रिलायन्स कम्युनिकेन्सको लिलामीबीच अनिल अम्बानीको राजीनामा अस्वीकृत
रिलायन्स कम्युनिकेसन्स (आरकम) का कर्जदाताहरुले अनिल अम्बानी र चार अन्य निर्देशकहरुको राजीनामा अस्वीकृत गरेका छन् । गत २० नोभेम्बरमा उनीहरुको राजीनामा अस्वीकृत गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनीहरुलाई लिलामी प्रक्रियामा रिजोल्युसन प्रोफेसनललाई सहयोग गर्न कर्जदाताहरुले भनेका छन् । आरकमले आइतबार यसरबारे जानकारी दिएको हो ।
अम्बानीसँगै छाया विरानी, रायना कराणी, मञ्जरी काकर र सुरेश रंगचरले राजीनामा प्रस्तुत गरेका थिए ।
लिलामी प्रक्रियामा भएको कारण अरकम रोजोल्युसन प्रोफेसनल अनीष निरञ्जन नानावतीको नियन्त्रणमा रहेको छ । इन्सल्वेन्सी एन्ड बैंककरप्सी कोड (आइबीसी) अन्तरगत नेशनल कम्पनी ल ट्रिब्यूनलले गत जुन महिनामा उनलाई नियुक्त गरेको थियो । स्वीडेनको टेलिकम उपकरण कम्पनी एरिक्सनले पछिल्लो समय आरकमविरुद्ध लिलामीको याचिका दायर गरेको थियो । त्यतिबेला आरकमले एपिलेट ट्रिब्युनलबाट स्टे अडर लिएको थियो । तर, यो वर्ष फेरि एपिलेट ट्रिब्युनलले नै लिलामीमा जानुपर्ने निर्णय गरेको थियो ।
कर्जदाताहरुले आरकममाथि ४९ हजार करोड भारतीय रुपैयाँ बक्यौता रहेको दाबी गरेको छ । कर्जा तिर्न रेजोल्युसन प्रोफेशनलको निगरानीमा कम्पनीको सम्पत्ति बेच्ने प्रक्रिया यतिबेला चलिरहेको छ ।
आरकमले जुलाई–सेप्टेम्बर त्रैमासिकमा ३० हजार १४२ करोड भारु घाटा भएको देखाएको थियो । यो कुनै पनि भारतीय कम्पनीले तीन महिनाको अन्तरमा बेहोरेको दोस्रो ठूलो नोक्सानी थियो ।
एडजस्टेड ग्रस रेभेन्यूको मामिलामा सर्वोच्च अदालतले लाइसेन्स र स्पेक्ट्रमको शुल्कको बक्यौता राशीका लागि २८ हजार ३१४ करोड भारु प्रोभिजनिङका लागि राख्न भनेपछि यत्रो ठूलो नोक्सानी देखिएको थियो ।
अनिल अम्बानी कुनै समय विश्वको शीर्ष १० धनीमा शामिल थिए । तर, अहिले उनको कम्पनी आरकम लिलामी भइरहेको छ । दाइ मुकेश अम्बानीसँग विवादबीच सन् २००५ मा भएको भागबन्डामा अनिलको हिस्सामा आरकम आएको थियो । दुई वर्ष अघि मुकेश अम्बानीले पनि जियोको माध्यमबाट टेलिकम कारोबारमा प्रवेश गरेका थिए । जियोको फ्री कल र सस्तो डाटाले बाँकी कम्पनीहरुलाई अप्ठ्यारो स्थिति पैदा गरेको थियो । आरकम पनि प्रतिस्पर्धामा टिक्न सकेन । भारती एयरटेल भोडाफोन–आइडिया पनि संकटबाट गुज्रिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण