जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन बन्दै
काठमाडौं - ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’
जेट एयरवेजका अधिकारी राहुल तनेजाले भनेका छन्, ‘जेट एयरवेज व्यवस्थापन कम्पनीको राम्रो सञ्चालन तथा स्थिर भविष्यका लागि काम गरिरहेको छ । यसका लागि काम गरिरहेको छ । यसका लागि केही संस्थान तथा कर्जा दिनेसँग पनि सम्पर्क गरिरहेका छौँ । यद्यपि यस किसिमको समस्याको हल गर्नका लागि अपेक्षाभन्दा बढी समय लाग्न सक्छ । हामी लगातार यसलाई ठिक गर्ने प्रयासमा लागिपरेका छौँ । वर्तमान अवस्थामा मार्च २०१९ सम्म तलब दिन सकिँदैन् ।’ यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण