मुकेश अम्बानी आफ्ना भाइ अनिल अम्बानीभन्दा यति धनी ?
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भारतका सबैभन्दा धनी व्यक्ति हुन् । एक समय मुकेश अम्बानी र उनका भाइ अनिल अम्बानीको सम्पत्तिमा खासै केही फरक थिएन । अब अहिले यी दुईको सम्पत्तिको तुलना गर्ने हो भने आकाश जमिनको फरक छ ।
सुरुमा कुरा गरौं रिलायन्स एडीएजी ग्रुपका अध्यक्ष अनिल अम्बानीको । ६० वर्षका अनिल अम्बानी फोर्ब्सको धनाढ्यको सूचीमा १,३४९ स्थानमा छन् । उनको कूल सम्पत्ति १.४ अर्ब डलर छ । अनिल अम्बानीसँग वित्तिय सेवा, डिफेन्स, इन्फ्रास्ट्रक्चर र मिडिया कारोबार छ । अनिल अम्बानी भारतमा धनीको सूचीमा ६८ औं स्थानमा छन् ।
हालै अनिल अम्बानीका कम्पनीहरुको सेयरमा भारी गिरावट आएपछि उनको अर्बपतीको तक्मा छिनिएको थियो । उनको सम्पत्ति १ अर्ब डलर मुनि पुगिसकेको छ । अनिल अम्बानी आफ्ना विभिन्न कम्पनीको हिस्सेदारी बेचेर ऋण चुकाइरहेका छन् । उनको समूहले हालै ४० हजार करोड भारुको ऋण चुक्ता गरेको उनले घोषणा गरेका थिए ।
यदि मुकेश अम्बानीको कुरा गर्ने हो भने उनी फोर्ब्सको सूचीमा १३ औं स्थानमा छन् । उनको कूल सम्पत्ति ३.५४ लाख करोड भारु हो । उनी भारतको धनाढ्यको सूचीमा पहिलो स्थानमा पर्छन् । ६२ वर्षका मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको आय ६.१२ लाख करोड भारु छ ।
अनिल अम्बानीः ४५ अर्ब डलरबाट २.५ अर्ब डलरसम्मको कहानी
मुकेश अम्बानीले भारतमा फोरजी सेवा दिने टेलिकम कम्पनी रिलायन्स जियोबाट व्यवसायको सुरुवात गरे । यो कम्पनीले थुप्रै टेलिकम कम्पनीको व्यापार चौपट पार्यो । जियोका ३० करोड बढी ग्राहक छन् । मुकेश अम्बानीले चाँडै नै भारतको सबैभन्दा ठूलो रिटेल इ–कमर्स प्लेटफर्म लिएर आउँदैछन् ।
यदि मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्तिको तुलना गर्ने हो भने भाइको सम्पत्ति दाइको अगाडि केही छैन । मुकेश अम्बानीको नेटवर्थ ३.५४ लाख करोड भारु हो, यस्तै अनिल अम्बानीको नेटवर्थ ९५०० करोड भारु हो । सन् २००७ मा दुई भाइको सम्पत्तिमा ८४०० करोड भारुको मात्र फरक थियो ।
यदि हामी २०१९ मा दुईको तुलना गर्ने हो भने यो हिसाबले मुकेश अम्बानीको नेटवर्थ अनिल अम्बानीभन्दा ३.४४ लाख करोड भारु बढी छ । सन् २००७ को कुरा गर्ने हो भने भारत फोर्ब्सको धनीको सूचीमा मुकेश अम्बानीपछि अनिल अम्बानी दोस्रो स्थानमा थिए । त्यतिबेला उनको नेटवर्थ ८० हजार करोड भारु थियो । यस्तै, मुकेश अम्बानीको त्यतिबेला नेटवर्थ ८८.४ हजार करोड भारु थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण