रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार
आज २०७९ साउन कात्तिक ६ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला, निक्षेपकर्तालाई बैंकमा पैसा राख्दा घाटा, कांग्रेसले भोलि संकल्प पत्र सार्वजनिक गर्ने, एमालेले तिहारपछि घोषणापत्र ल्याउने, सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति, प्रतिनिधिसभा र प्रदेशसभातर्फ कहाँ कहाँ छ कांग्रेसको उम्मेदवारी (सूचीसहित), निर्वाचन आयोगले स्पष्टीकरण सोध्दा पनि दलीय विभेद !, लोसपाका उम्मेदवार को–को छन् ‘ग्रीन जोन’ मा ? एमालेसँगै तालमेल गरेका लिङ्देन भन्छन्– राप्रपाको प्रतिस्पर्धा एमालेसँग लगायत छन् ।
१. धनगढी र वीरेन्द्रनगरमा गठबन्धनको संयुक्त भेला
सत्तारुढ गठबन्धनले आइतबार धनगढी र वीरेन्द्रनगरमा संयुक्त भेला आयोजना गर्दै निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र तुल्याएको छ । प्रदेशस्तरीय भेला अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा गठबन्धनले संयुक्त भेला आयोजना गरेको हो । भेलालाई गठबन्धन घटकका शीर्ष नेताले सम्बोधन गरेका थिए ।
धेरै कोसिस गर्दा पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल |
२. निक्षेपकर्तालाई बैंकमा पैसा राख्दा घाटा
बैंकहरुले कर्जा दिँदा चर्को ब्याज लिएको भन्दै देशका विभिन्न भागबाट उद्योगी व्यवसायीले आन्दोलन थालेका छन् । बैंकहरुले दिने कर्जाको ब्याजदर सकेसम्म एकल अंकमा राख्नुपर्छ भन्ने माग उद्योगी व्यवसायीको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाहरुले पनि बैंकहरुले लिने कर्जाको ब्याजदर महँगो भएको भन्दै घटाउन दबाब दिइरहेका छन् । तर, उद्योगी व्यवसायीसँग प्रत्यक्ष जोडिएको महँगीसँग तुलना गर्ने हो भने बैंकबाट ऋण लिनेहरूलाई भन्दा बैंकमा पैसा जम्मा गर्नेलाई बढी नोक्सानी भएको तथ्यांकले देखाएको छ ।
आन निर्वाचनले देश नै तरङ्गित भइसकेको अवस्थामा नेपाली कांग्रेसले सोमबार (भोलि) संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । अर्को प्रमुख दल नेकपा एमालेले भने तिहारपछि अर्थात् कार्तिक १५ गते घोषणापत्र सार्वजनिक गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भने आइतबार नै घोषणा पत्र सार्वजनिक गरेको छ ।
४. सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न म्याद दिएको हो ।
सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिलमा |
५. प्रतिनिधिसभा र प्रदेश सभातर्फ कहाँ कहाँ छ कांग्रेसको उम्मेदवारी (सूचीसहित)
आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तासीन नेपाली कांग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा कांग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
कांग्रेसका २ सय ६६ नेता चुनावी मैदानमा, महिला ८, दलित शून्य (सूचीसहित) |
मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई धमाधम स्पष्टीकरण सोधिरहेको छ । तर, आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक पार्टीका उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेको समाचारमा दलीय भेदभाव गर्ने गरेको पाइएको छ ।
निर्वाचन आयोगको स्पष्टीकरणमा ‘दलीय’ विभेद ! |
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट १० सिट जितेको महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपा नेपाल (हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल)ले यस पटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेर ९ सिटमा मात्र उम्मेदवारी दिएको लोसपाका ६ उम्मेदवार ‘ग्रीन जोन’ मा देखिएका छन् ।
८. विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताको नामका पछाडी ‘सी’ लेखिने, यस्तो छ कारण
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि ‘सी’ राख्न थालेका छन् । पार्टीको नवौं महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए । जातीय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले समानताका लागि भन्दै नयाँ थरको नामकरण गरेका छन् ।
९. एमालेसँगै तालमेल गरेका लिङ्देन भन्छन्– राप्रपाको प्रतिस्पर्धा एमालेसँग
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन् । आइतवार काठमाडौंमा आयोजित काठमाडौं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् । आसन्न निर्वाचनमा केही सिटमा एमाले र राप्रपाबीच तालमेल भएको छ ।
१०. र यो पनि,
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पछिल्लो समय सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । पार्टीका कतिपय नेता–कार्यकर्ता चुनाव प्रचारमा खटिएको अवस्थामा उनी निष्क्रिय देखिनु रहस्यमय बनेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय रोटी मेला सुरु भएको छ । बर्सेनि तिहारको अवसरमा आयोजना हुँदै आएको मेलामा यस वर्षा पनि विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकारहरू प्रदर्शनमा राखिएका छन् ।
ललितपुरको जावलाखेल खेल मैदानमा शुरु भएको १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आयातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकन कर्ताहरूले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)