आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपलाई थप २ दिन थुनामा राख्न अदालतको अनुमति

आइतबार, ०६ कात्तिक २०७९, ११ : ५०
आइतबार, ०६ कात्तिक २०७९

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।  आइतबार जिल्ला अदालत काठमाडौंले थप दुई दिन हिरासतमा राख्न म्याद दिएकाे हाे । 

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो  भने कात्तिक २ गते ४ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो । 

नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । १७ वर्षीया किशोरीले आफुलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप