देउवाले भने– कर्णालीमा अझ गठबन्धन आवश्यक छ
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत दावी गरे ।
उनले भने, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं। यो गठबन्धन लामो समयसम्म टिक्छ ।’
एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताए । गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अवको विकल्प नभएको पनि देउवाले बताए । साथै उनले गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न समेत आग्रह गरे ।
कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उनले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको समेत सुनाए । गठबन्धनलाई चुनाव जिताएमा पाँच वर्षभित्रमा रिजल्ट देखाउने दाबी समेत देउवाले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण