शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले भने– कर्णालीमा अझ गठबन्धन आवश्यक छ

आइतबार, ०६ कात्तिक २०७९, १६ : २४
आइतबार, ०६ कात्तिक २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन लामो समय टिक्ने समेत दावी गरे ।

उनले भने, ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिएका छौं। यो गठबन्धन लामो समयसम्म टिक्छ ।’

एमाले अध्यक्ष केपी ओलीले संविधानलाई टोकरीमा फ्याँकिदिने काम गरेकाले गठबन्धन जन्मिएको बताए ।  गठबन्धनको विजयका लागि सबै मिल्नुबाहेक अवको विकल्प नभएको पनि देउवाले बताए । साथै उनले गठबन्धन विरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गर्न समेत आग्रह गरे ।  

कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएको बताउँदै उनले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको समेत सुनाए ।  गठबन्धनलाई चुनाव जिताएमा पाँच वर्षभित्रमा रिजल्ट देखाउने दाबी समेत देउवाले गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप