५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
आइतबार, ०६ कात्तिक २०७९, १७ : ०८

नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । आगामी कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो ।
बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।
यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युजिल्याण्डमा नेपाल फेस्टिभल २०२५ आयोजना हुँदै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
शिक्षकहरूलाई वैशाख २ गतेभित्र घर फर्काउने गरी गृहकार्यमा शिक्षा मन्त्रालय
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ