५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
आइतबार, ०६ कात्तिक २०७९, १७ : ०८
नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । आगामी कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो ।
बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ ।
यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण