गठबन्धनलाई कसैले हल्का रुपमा लिनुहुँदैन : प्रचण्ड
नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा रहेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा भएको तर परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको बताए ।
उनले भने, ‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे । तर पछि तिनै मान्छे हस्ताक्षर गर्न अघि सरे । तर पनि उनको सोचमा परिवर्तन आएको रहेनछ ।’ गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको बताए ।
नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको र त्यसलाई परास्त गरिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘त्यसलाई कांग्रेस– माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो, अहिले पनि हाम्रो एकता देशको विकास र समृद्धिका लागि हो ।’
उनले कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुले बताउँदै कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले केन्द्रमा प्रवेश पाएको बताए । चुनावी प्रसंगमा उनले १–२ दिनमै गठबन्धन विरुद्धको उम्मेदवारी फिर्ता गराउने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन गर्न अस्पतालको अटेरी
-
कृत्रिम महँगीको मारमा आम नागरिक
-
साँगा अन्डरपास निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण