आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका २ सय ६६  नेता चुनावी मैदानमा, महिला ८, दलित शून्य (सूचीसहित)

आइतबार, ०६ कात्तिक २०७९, २२ : ५०
आइतबार, ०६ कात्तिक २०७९

आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तासीन नेपाली कांग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा कांग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

पाँच दलीय गठबन्धनमा कांग्रेसले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा ५० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ  । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक जनता पार्टी र राष्ट्रिय जनमोर्चालाई ४४ प्रतिशत सिटमा कांग्रेसले समर्थन गरेको छ ।

प्रदेश सभातर्फ भन्ने कांग्रेस र बाँकी चार दलका गरी बराबरी उम्मेदवार रहेको पाइन्छ । कांग्रेसले प्रदेश १ को प्रदेशसभा सदस्यमा २६, मधेस प्रदेशसभा सदस्यमा २५ बागमती प्रदेश सदस्यमा ४१, गण्डकी प्रदेशसभा सदस्यमा २२, लुम्बिनी प्रदेशसभा सदस्यमा ३१, कर्णाली प्रदेशसभा सदस्यमा १२ र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा १८ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

यस अनुसार गठबन्धनभित्रको सिट बाँडफाँटमा कांग्रेसले दाबी अनुसार नै सिट पाएको छ । तर पार्टीभित्रको उम्मेदवार छनोटमा भने कांग्रेस असमावेशी चरित्र देखाएको छ । प्रतिनिधिसभाका ९१ मध्ये ५ सिटमा मात्र महिला उम्मेदवार बनाएको कांग्रेसले दलित समुदायलाई बहिस्करण गरेको छ । प्रदेशसभाको उम्मेदवार छनोट समावेशी दृष्टिकोणमा झन् उदेक लाग्दो छ ।

कांग्रेसले सातवटा प्रदेशमध्ये ६ प्रदेशमा महिलालाई प्रत्यक्षतर्फ टिकट नै दिएको छैन भने बागमती प्रदेशमा ४१ उम्मेदवार उठाउँदा ३ जना महिलाले अवसर पाएको देखिन्छ । प्रदेशमा पनि १ दलितलाई उम्मेदवार बनाउन कांग्रेसले आवश्यक ठानेको देखिँदैन । पार्टीमा एक जना सहमहामन्त्री र ८ जना केन्द्रीय सदस्य छन् ।

टिकट वितरणमा पहुँच भएका सहमहामन्त्री जीवन परियारले समानुपातिक रोजे भने केन्द्रीय सदस्यलाई नेतृत्वले पत्याएन । पार्टीभित्रको चरम गुटबन्दी र दलित भएका कारण टिकट नपाएको केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) को गुनासो छ । नेतृत्वले पार्टीका ४५ हजार दलितको मन दुखाउने काम गरेको उनको भनाइ छ ।

सूची-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप