सन्दीपको अनुसन्धान सकियो, प्रहरी प्रतिवेदन सरकारी वकिलमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको आरोपबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । आइतबार प्रहरी वृत गौशालाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख (सह न्यायाधिवक्ता) अच्यूतमणि नेउपानेले रातोपाटीलाई बताए ।
प्रहरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा अधिकतम सजाय हुन माग दावी गरेको छ । अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र तयार गरेर तिहार विदापछि जिल्ला अदालतमा अभियोग पत्र दायर गरिने सह न्यायाधिवक्ता नेउपानेले जानकारी दिए ।
आइतबार काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सन्दीप असोज २० बाट गौशाला प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते