मंसिर ४ गते अग्रगमन र प्रतिगमनबीचको महासंग्राम हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते निर्वाचनलाई प्रतिगमन र अग्रगमन चाहने बीचको महासंग्राम रहेको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकातिर अग्रगमन चाहने ५ दलीय गठबन्धन र अर्कोतिर प्रतिगमन चाहने गठबन्धनबीच आगामी निर्वाचनमा प्रतिस्पर्धा भइरहेको बताएका हुन् ।
उनले भने, ‘देशमा अर्को पनि गठबन्धन छ । उसको अलगै विचार छ । संस्कृति छ । तपाईहरु अनुहार चिन्नुभएको नै छ । त्यसले कहीँ न कहीँ चाहेको छ, गणतन्त्रलाई उल्ट्याउने । संघीयतालाई कमजोर पार्ने त्यसप्रकारको गठबन्धन छ र त्यससँग हाम्रो बहस भइराख्या छ ।’
उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने विचार व्यक्त गरे । त्यस्तै, अध्यक्ष प्रचण्डले गठबन्धन दल विजयी भए पहिलो एजेण्डा नै आर्थिक क्रान्ति हुने बताएका छन् । जितेलगत्तै आफूहरुको ध्यान आर्थिक क्रान्ति, रोजगारी सिर्जना, आर्थिक समृद्धि, राजनीतिक परिवर्तनलाई दीगो बनाउनमा केन्द्रीत हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण