आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार संकल्प पत्र सार्वजनिक गर्दै कांग्रेस

आइतबार, ०६ कात्तिक २०७९, १७ : ०१
आइतबार, ०६ कात्तिक २०७९

नेपाली कांग्रेसले सोमबार चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए । 

‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन — २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे हुने भएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप