धेरै कोसिस गर्दा पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हु्न् ।
अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए । उनले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति (सत्ता) चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’
ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताए ।
उनले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जिप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु
-
‘थारू’लाई छुट्टै पहिचान दिन सर्वोच्चको अस्वीकार, देखायो यस्ता कारण
-
पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्छ : अध्यक्ष ढकाल
-
गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल