धेरै कोसिस गर्दा पनि ओलीलाई सुधार्न सकिएन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हु्न् ।
अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए । उनले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति (सत्ता) चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’
ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए । आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताए ।
उनले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण