बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : तीन मन्त्री फेरिएसँगै जसपामा चर्को असन्तुष्टि, गठबन्धनविरुद्ध खनिए ओली

मिति घोषणा नहुँदै दलहरूलाई लाग्यो चुनाव
सोमबार, २० असार २०७९, २१ : ३४
सोमबार, २० असार २०७९

आज २०७९ असार २० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा जसपाका चारमध्ये तीन मन्त्री फेरिएसँगै पार्टीभित्र चुलियो असन्तुष्टि, संसदमा गठबन्धन विरुद्ध खनिए ओली, माओवादी बैठकमा प्रश्नदेखि सुझावसम्म; भोलि प्रचण्डले जवाफ दिने, सरकारलाई आयल निगमको १० बुँदे पत्र, पार्टी एकताको प्रस्तावबारे माधवकुमार नेपालको ब्रिफिङ, ‘असारे विकास’को विरोधपछि मधेस प्रदेशसभाले बनायो छानबिन समिति, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायत छन् ।

१. जसपाका चारमध्ये तीन मन्त्री फेरिएसँगै पार्टीभित्र चुलियो असन्तुष्टि
सत्तारुढ दल जसपा नेपालले आफ्ना चारमध्ये तीन मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै उनीहरुको स्थानमा अन्य तीन जनालाई पठाएको छ । जसपाबाट मन्त्री बनेका महिन्द्रराय यादव, रेणु यादव र रामसहाय यादवलाई फिर्ता बोलाइएको हो । उनीहरुको स्थानमा मृगेन्द्रकुमार सिंह, इस्तियाक राई र प्रदीप यादवलाई मन्त्री बनाइएको छ । जसपाबाटै मन्त्री बनेका राजेन्द्र श्रेष्ठ भने यथावत् छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार नै शपथ लिएका छन् । मन्त्री फेरिएसँगै पार्टीभित्र असन्तुष्टि चुलिएको छ भने डा. बाबुराम भट्टराई पक्षले समानान्तर बैठक आह्वान गरेको छ ।

२. संसदमा गठबन्धन विरुद्ध खनिए ओली
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विशेष समय लिएर बोल्दै गठबन्धनको चर्को आलोचना गरेका छन् । उनले सत्तारुढ गठबन्धन देशकै लागि अभिशाप बनेको बताए । उनले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर फेरिएको भन्दै यसबारे संसदीय छानबिन गरी वास्तविकता संसदलाई जानकारी गराइनुपर्ने माग गरे ।

 

३. माओवादी बैठकमा प्रश्नदेखि सुझावसम्म; भोलि प्रचण्डले जवाफ दिने
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा ४६ केन्द्रीय सदस्य खुला छलफलमा सहभागी भएका छन् । तीमध्ये कतिपयले विभिन्न प्रश्न उठाएका छन् भने कतिपयले पार्टीको संगठन सुदृढ गर्नका लागि विभिन्न सुझाव दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफलमा उठेका विषयका बारेमा मंगलबार जवाफ दिने जनाइएको छ ।

 

४. सरकारलाई आयल निगमको १० बुँदे पत्र
नेपाल आयल निगमले भयावह अवस्था देखाउँदै सरकारलाई १० बुँदे पत्र पठाएको छ । पत्रमा निकट भविष्यमै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने भन्दै जोरबिजोर प्रणालीदेखि सीमित इन्धन कोटाका लागि सिफारिस गरिएको छ । 

 

 

 

६. ‘असारे विकास’को विरोधपछि मधेस प्रदेशसभाले बनायो छानबिन समिति
‘असारे विकास’ को विरोधपछि मधेस प्रदेशसभाले त्यसबारे छानबिन गर्न उपसभामुखको संयोजकत्वमा छानबिन समिति बनाएको छ । सोमबार प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष लोसपा नेपालले असारे विकास प्रवृत्ति मौलाएको भन्दै यस्तो अवस्थामा बैठक चल्न नसक्ने चेतावनी दिएपछि सभामुखको पहलमा छानबिन समिति बनाइएको हो ।

 

७. भारतीय दूतावासका एक सुरक्षाकर्मीले गरे आत्महत्या
काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । सोमबारै शव परीक्षण गराइएको र पोस्टमार्टम रिपोर्टसमेत आइसकेको जनाइएको छ ।

 

८. मिति घोषणा नहुँदै दलहरूलाई लाग्यो चुनाव
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा नहुँदै दलहरुमा निर्वाचनको सरगर्मी बढेको छ । पछिल्ला दिनमा विभिन्न साना ठुला राजनीतिक दलदेखि स्वतन्त्र समूहहरु चुनाव केन्द्रित क्रियाकलापमा जुटेका हुन् ।

 

९. वरिष्ठ अधिवक्ताको उपाधि यसै साता
नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषय यसै साता टुङ्गिने बताएका छन् । सोमबार कामु प्रधानन्यायाधीशसँगको भेटपछि अध्यक्ष घिमिरेले वरिष्ठ अधिवक्ता सम्बन्धी निर्णय यसै साता हुने बताएका हुन् ।

 

१०. र यो पनि,
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

 

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन् । आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताए ।

 

पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनले अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको हो ।

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप