बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले औँल्यायो गठबन्धनका ८ कमजोरी

सोमबार, २० असार २०७९, १४ : २४
सोमबार, २० असार २०७९

नेकपा माओवादी केन्द्रले स्थानीय तह चुनावमा गठबन्धनका तर्फबाट ८ कमजोरी भएको औँल्याएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमा गठबन्धनको समीक्षा गर्ने क्रममा कमजोरी औँल्याएको हो ।

गठबन्धनको मुख्य शक्ति नेपाली काँग्रेस इमानदार र गम्भीर नहुँदा रोल्पा रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकमा माओवादी बलियो भएकाले एमाले लगायत शक्तिसँग मिलेर हराउने काम गरेको प्रतिवेदनमा उल्लेख छ । काँग्रेस बलियो भएको स्थानी तहमा अरू दललाई मिल्न नदिएर नतिजा आफ्नो पक्षमा पारेको बताएको छ । काँग्रेस सहित गठबन्धन दलहरू बराबरी भएको स्थानमा मात्रै तालमेल भएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत भन्दा बढी सीट दाबी गर्दा गठबन्धन बाहेकका दलले चुनाव जित्न पुगेको उल्लेख गरिएको छ । जनता समाजवादी पार्टीले आफ्नो प्रभाव क्षेत्र भएको मधेस र तराई क्षेत्रमा गठबन्धन गर्न अनिच्छुक हुँदा तालमेल हुन नसकेको बताएको छ । पार्टीमा अन्तर्विरोध र स्थानीय नेतृत्वमा व्यक्तिगत महत्त्वाकाङ्क्षा कारण कम स्थानीय तह जितिए पनि समग्रमा स्थानीय तहमा सन्तोषजनक नतिजा आएको माओवादी निष्कर्ष छ ।

यस्तै दोस्रो कारणमा गठबन्धन हुँदा उम्मेदवारको आकाङ्क्षी बढी हुने र एकल प्रतिस्पर्धा हुँदा अरुचि देखा प¥यो । यस्तै तेस्रो कमजोरीमा माओवादीले आफ्नो सङ्गठनभन्दा काँग्रेस लगायत गठबन्धन दलप्रति आवश्यकता भन्दा बढी विश्वास गर्नाले आफ्नो तयारी फितलो भएको कमजोरीको रूपमा औँल्याएको छ ।  यस्तै चौथो गठबन्धनको समीक्षा गर्ने क्रममा प्रमुख र उपप्रमुखमा गठबन्धन हुनु वडामा एकल प्रचार प्रतिस्पर्धा हुँदा एकीकृत परिचालन मिलाउन नसकिएको कमजोरीको रूपमा उल्लेख गरिएको छ । पाँचौँ गठबन्धनको समीक्षा गर्नेक्रममा तालमेल गर्दा व्यक्ति केन्द्रित र निश्चित पालिका केन्द्रित तालमेलको प्रयत्न मात्रै भएको बताएको छ । छैनौ कमजोरीको समीक्षा गर्नेक्रममा टिकट दिँदा लोकप्रियलाई भन्दा आफू निकटलाई उम्मेदवार बनाउन जोड गर्नु यदि आफू निकटले टिकट नपाएमा असहयोग गर्ने र हराउन उद्धत हुने काम भयो । सातौँमा पैसा खर्च गरेर मतदाता किन्ने जस्ता प्रतिस्पर्धी दलहरूमा विकृतिका रूपमा देखा परेको प्रवृत्तिलाई रोक्न नसकिएको बताएको छ । आठौँ कमजोरीमा कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एव अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरू देखा परेको औँल्याएको छ । पार्टीमा हुने गुटबन्दी, असहयोग र अन्तर्घात जस्ता पार्टी विरोधी गतिविधिहरूको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आगामी चुनावमा माओवादी ५ विषयमा ध्यान दिने

माओवादीले आगामी प्रदेश र संघीय चुनावमा सबैभन्दा पहिले आफ्नो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने योजना बनाएको छ । यस्तै दोस्रो योजनाको रूपमा गठबन्धन हुँदा वा नहुँदा पनि आफ्नो पार्टीबाट उम्मेदवार हुन तयार गराउने भएको छ । यसले पार्टीको जग बसाउन महत्त्वपूर्ण भूमिका खेल्ने बुझाई छ । तेस्रो बुँदाको रूपमा निर्वाचनमा सहभागी हुनुलाई पार्टीको सिद्धान्त, राजनीति र नीतिको प्रचार गर्ने एवम् संगठन विस्तारको रूपमा लिइने छ । चौथो योजनाको रूपमा गुट उपगुट वा निकटताको आधारमा नभई लोकप्रिय उम्मेदवारमा ध्यान दिइने छ । पाँचौँ योजनाको रूपमा उम्मेदवारको टुङ्गो लाग्नु अघि प्रतिस्पर्धा गर्नु वा आकांक्षा राख्नु स्वाभाविकै भए पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाएपछि पुरा शक्तिका साथ एक ढिक्का भएर उम्मेदवारलाई विजयी गराउन लाग्नुपर्ने छ । अन्तिमता छैनौ योजनामा प्रतिस्पर्धी दलका भ्रम,षड्यन्त्र,चलखेल पैसाले मत खरिद गर्ने जस्ता विकृतिलाई रोक्न आफ्नो शक्तिलाई तयार पर्ने काम गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप