शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ अधिवक्ताको उपाधि यसैसाता दिइने

सोमबार, २० असार २०७९, १७ : १३
सोमबार, २० असार २०७९

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषय यसै साता टुङ्गिने बताएका छन् । सोमबार कामु प्रधानन्यायाधीशसँगको भेटपछि अध्यक्ष घिमिरेले वरिष्ठ अधिवक्ता सम्बन्धी निर्णय यसै साता हुने बताएका हुन् । 

सोमबार कामु प्रधानन्यायाधीशसँग नेपाल बार एसोसिएसनका केही पदाधिकारीले भेटघाट गरेका थिए । भेटघाटका क्रममा बारले वरिष्ठ अधिवक्ताको उपाधिका सम्बन्धमा भएका प्रगति र रोकिनुको कारणबारे जानकारी माग गरेका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले वरिष्ठ अधिवक्ताको उपाधि सम्बन्धमा यसै साता निर्णय गर्ने जानकारी दिनुभएको अध्यक्ष घिमिरेले रातोपाटीलाई बताए । 

वरिष्ठ अधिवक्ताको उपाधि दिनेसम्बन्धी ऐनको व्यवस्थामा यसअघि १५ वर्षसम्म निरन्तर वकालत गरेको व्यक्ति हुनुपर्ने भएपनि अहिले भने २५ वर्ष बनाइएको भन्ने हल्ला सुनिएको बारको महासचिव अञ्जिता खनालले बताइन् । खनालका अनुसार लामो समयदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधि यसै साता दिने गरी काम गरिरहेको जानकारी कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई दिएका हुन् । 

सर्वोच्चको सिफारिस समितिले यसअघि नै गरेको सिफारिसमा वरिष्ठ अधिवक्ताका उपाधिका लागि मापदण्ड विपरीत सिफारिस गरेको हल्ला सुनेको भन्दै बारले मापदण्ड अनुसार नै गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको महासचिव खनालले बताइन् । वरिष्ठ अधिवक्ता उपाधिका लागि मापदण्ड विपरीतको सिफारिस गरिएको भए पुनः सिफारिस गरी उपाधि प्रदान गर्न आफुहरुले माग गरेको महासचिव खनालले बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप