माओवादी बैठकमा प्रश्न : हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो ?
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीले अमेरिकालाई हेर्ने नीतिका विषयमा प्रश्न उठेको छ । पछिल्लो समय एमसीसीमा पार्टीले लिएको पोजिसन र गठबन्धन सरकारको क्रियाकलापलाई जोडेर बैठकमा अमेरिकालाई हेर्ने दृष्टिकोणबारे अध्यक्ष प्रचण्डको प्रष्टीकरण माग भएको हो ।
केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले माओवादी पनि अमेरिकी लबीमा पुगेको हो भन्दै प्रश्न गरे । ‘युक्रेन युद्धको विषयमा सरकारले विज्ञप्ति जारी गरेर अमेरिकाको पक्ष लियो । के हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो या हाम्रो परराष्ट्र नीति के हो ?’, बैठकमा पन्तले भने, ‘ असंलग्न जुन परराष्ट्र नीति हो, जुन यतिका दशकसम्म अभ्यास गरिँदै आएको छ । हाम्रै गठबन्धन सरकारले त्यसलाई तोडेको देखियो । यो विषयमा अध्यक्षबाट स्पष्टीकरण आउनुपर्यो ।’
यस्तै उनले प्रवासमा लाखौँ युवाजनशक्ति रहेको भन्दै पार्टीले उचित महत्व दिनुपर्नेमा पनि जोड दिए । प्रवासमा रहेका पार्टीका कार्यकर्ता सरुवा भएर नेपाल आउँदा कमिटीहरूमा सम्मानजनकरूपमा राख्नुपर्ने पनि उनले बताए । यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई जोडेर बजेटबारे प्रश्न उठेको भन्दै उनले यसमा अर्थमन्त्रीले वास्तविकता पार्टीलाई जानकारी गराउनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा