मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको बैठकमा पदाधिकारीको टुंगो लगाउनुपर्ने माग

सोमबार, २० असार २०७९, ०८ : ००
सोमबार, २० असार २०७९

नेकपा (माओवादी केन्द्र) को बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले आफ्ना भनाइ राखेका हुन् ।

सोमवारको बैठकपछि सञ्चारकर्मीलाई  संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा केन्द्रीय समितिको पदाधिकारी, स्थायी कमिटीको गठन गर्नुपर्ने माग उठेको बताए । उनले बैठकमा आज ४१ जना नेताहरुले भाग लिएको र स्थानीय चुनावसम्बन्धी समीक्षा, पार्टी निर्माणबारेका बारेमा विशेष कुरा उठेको बताए । प्रवक्ता महराले केन्द्रीय कमिटीको अर्को बैठक मंगलवार बस्ने र बैठकमा अध्यक्ष दाहालले प्रतिवेदनमाथि उठेका प्रश्नको स्पष्टीकरण दिने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप