
बाबुराम भट्टराईले बोलाए समानान्तर बैठक

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।
जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति हुनेछैन । असार २९ र ३० गते हामीले सबैलाई आह्वान गरेर विस्तारित बैठक बोलाउन लागेको छौं ।’
जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णयमा गरिने बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ