निगमले भन्यो– पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्छ
नेपाल आयल निगमले निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी दिएको छ । कम्पनी निरन्तर घाटामा गएको भन्दै निगमले यस्तो चेतावनी दिएको हो । उद्योग मन्त्रालयलाई एक पत्र लेख्दै निगमले आपूर्तिमा समस्या देखिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको खपत कम सुझाव दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजन हुन नसक्दा निगमको मासिक नोक्सानी जुलाई १, २०२२ को मूल्य बमोजिम करिव १० अर्बभन्दा बढी रहेको उल्लेख गरिएको छ । यस्तै चालु आर्थिक वर्षको अन्त्यसम्म ५५ अर्ब रुपैयाँ निगमले नोक्सानी व्यहोर्नुपर्ने र इण्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने बक्यौता रकम समेत २२ अर्बबाट बढेर जुलाई ८, २०२२ देखि झण्डै ३० अर्व रुपैयाँ पुग्ने स्थिति रहेको निगमको पत्रमा उल्लेख छ।
यस्तो विषम परिस्थितिमा हालसम्म निगमलाई कुनै श्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसकेको निगमले गुनासो गरेको छ ।
निगमले भनेको छ, ‘राज्यमा विदेशी मुद्राको सञ्चिति पनि कम हुँदै गएको, निगमको नोक्सानी कम गर्न गरिने मूल्य समायोजन पनि आवश्यकताअनुसार हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको खपत कम गर्नुपनि एउटा महत्वपूर्ण विकल्प देखिएकोले सोका सुझावहरु पेश गरिएको छ ।’ त्यसका लागि निगमले १० बुँदे सुझाव पेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने