भारतीय दूतावासमा सुरक्षाकर्मीको मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्ट आयो
सोमबार, २० असार २०७९, १७ : ०३
भारतीय दूतावासभित्र सुरक्षाकर्मीको मृत्यु प्रकरणको पोष्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालले भारतीय सुरक्षाकर्मी राम अधिकारीको मृत्यु गोली लागेर (बुलेट इन्जुरी) भएको रिपोर्ट दिएको हो । उनले आफैलाई हानेको गोली चिउँडो भन्दा माथिल्लो भागमा लागेको प्रहरी स्रोतको भनाइ छ ।
भारतको उत्तराखण्ड घर भएका अधिकारीले सोमबार बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेको खुलेको छ । ३२ वर्षीय अधिकारीको शव बिहानै पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान