हात उठाउँदै आयल निगम : ‘मासिक १० अर्बभन्दा बढीको घाटा व्यहोर्न सकिँदैन’
सोमबार, २० असार २०७९, १८ : ०५

नेपाल आयल निगमले अब घाटा सहन नसकिने उद्घोष गरेको छ । सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाउँदै निगमले वार्षिक १० अर्ब माथिको घाटा अब निगमले धान्न नसक्ने बताएको हो ।
रुस र युक्रेन युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि नेपालमा भने मूल्य समायोजन हुन नसक्दा निगमको घाटा निरन्तर बढीरहेको बताएको छ । सोही सन्दर्भमा सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयलाई पत्र पठाएको निगमले पछिल्लो जुलाई १ को नयाँ मूल्य अनुसार निगमको मासिक घाटा १० अर्ब पुगेको र आर्थिक वर्षको अन्तसम्ममा ५५ अर्ब रुपैयाँ पुग्ने जनाएको छ ।
यस्तो घाटा अब निगमले धान्न नसक्ने भन्दै निगमले अब तेलको आपूर्ति नै बन्द हुन सक्ने समेत चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व विशिष्टलाई सुविधाको हल्लाको पछि नलागौँ : उपप्रधानमन्त्री सिंह
-
पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी
-
सातामा ८१.९५ अंकले घट्यो सेयर बजार, यस्तो छ घटबढको प्राविधिक सम्भावना
-
मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र
-
विद्युत् नियमन आयोग सदस्यले लिए शपथ
-
मालदिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन पहल, बन्यो समिति