एमालेका प्रमुख सचेतकबाट सभामुखसमक्ष रुलिङको माग
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट घोषणाको पूर्वसन्ध्यामा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र करको दर हेरफेर गरिएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले लामो समयदेखि आफूहरुले यसबारेमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै आएको स्मरणसमेत गराए । आफूहरुलाई बजेटमा गडबड भएको आशंका उतिबेलै भएको र पछिल्लो समय व्यवस्थित रुपमा त्यससम्बन्धी सूचनाहरूसमेत बाहिरिएको भन्दै उनले ‘सेटिङमा आधारित रहेर बजेट ल्याएको’ प्रस्ट हुँदै गएको बताए ।
अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो रात मन्त्रालयको सीसीटीभी फुटेज ‘डिलिट’ भइसकेको जवाफ दिएको उल्लेख गर्दै उनले यसले पनि छानबिन आवश्यक रहेको पुष्टि हुने बताए । उनले प्रश्न गरे, ‘यति गम्भीर प्रश्न उठिसकेपछि राष्ट्रको अर्थतन्त्रलाई यसरी धरासायी हुने गरी करका दर परिवर्तन गरेकोमा प्रधानमन्त्री र उहाँको दलले किन टुलुटुलु हेरेर बसिरहनु भएको हो ?’
उनले यो प्रकरणमा ‘लहरो तान्दा पहरो गर्जिन्छ’ कि जस्तो आफूलाई लाग्न थालेको बताए । यसबारे संसदीय छानबिन समिति गठन गर्न र सभामुखबाट आफूले रुलिङको अपेक्षा गरेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली
-
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
-
टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन