शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सोमबार, २० असार २०७९, २१ : ०४
सोमबार, २० असार २०७९

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।

पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको बृद्धि अनुरुप इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्यसूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ । पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद वापत भुक्तानी गर्न नसकेको बक्यौता रकम समेत बढ्दै गई आगामी असार २४ सम्ममा करिव रु. ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप