शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेश : ‘असारे विकास’ अनियमितता छानबिन गर्न उपसभामुखको संयोजकत्वमा समिति गठन

१५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन
सोमबार, २० असार २०७९, १६ : ५४
सोमबार, २० असार २०७९

मधेस प्रदेशको प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा ‘असारे विकास’ को नाममा अनियमितता भएकोबारे उठाएको प्रश्नबारे छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । लोसपाकै मागअनुसार सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका थिए । सोहीअनुसार सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी संसदीय समिति गठन गरेका हुन् ।

छानबिन समितिको संयोजकमा उपसभामुख देव छिन् भने सदस्यहरूमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह छन् ।
यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायत विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा प्रदेशसभामा सभामुख समक्ष प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप