काठमाडौंस्थित भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा आत्महत्या
सोमबार, २० असार २०७९, ०८ : ००
काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।
दूतावास स्रोतले नाम उल्लेख नगर्ने शर्तमा रातोपाटीलाई भन्यो, ‘हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै यो घटना भएको हो । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेको छ ।
३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।’ यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?
-
कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?