बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आइतबार, १९ भदौ २०७९, २१ : ०८
आइतबार, १९ भदौ २०७९

आज २०७९ साउन भदौ १९ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा उम्मेदवारीका लागि दलहरुबाट धमाधम नाम सिफारिस : को कहाँबाट भए सिफारिस ?, वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जाने प्रचण्डको घोषणा, मेरै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना : माधवकुमार नेपाल, राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा, चोलेन्द्र शमशेर जबराको प्रस्टोक्ति– रञ्जन कोइरालाको छोरा रोइकराई गरेपछि सजाय घटाएँ, भारतीय स्थल सेनाध्यक्ष काठमाडौंमा, कर नतिर्ने क्यासिनोलाई ७ दिने अल्टिमेटमसहित बालेनले काटे पत्र लगायत छन् ।

१. उम्मेदवारीका लागि दलहरुबाट धमाधम नाम सिफारिस : को कहाँबाट भए सिफारिस ?
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम धमाधम सिफारिस गर्न थालेका छन् । सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटको सहमति हुन बाँकी रहे पनि गठबन्धनभित्रकै दलहरुबाट पनि उम्मेदवारको नाम सिफारिस भइरहेको छ । अर्कोतिर नेकपा एमालेले पनि क्षेत्रीय कमिटीबाट उम्मेदवारको नाम सिफारिस गरिरहेको छ ।

​२. वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जाने प्रचण्डको घोषणा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको शासन प्रणालीले भ्रष्टाचार बढाउने भन्दै यसलाई बदल्नुको विकल्प नभएको बताए ।

​३. मेरै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन् । 

४. राजेन्द्र लिङ्देनले सांसद पदबाट दिए राजीनामा
राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै लिङदेनले चुनाव घोषणा भइसकेपछि संसद चलिराख्नु उपयुक्त नभएको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

५. चोलेन्द्र शमशेर जबराको प्रस्टोक्ति– रञ्जन कोइरालाको छोरा रोइकराई गरेपछि सजाय घटाएँ
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रञ्जन कोइरालाको सजाय घटाएको बारेमा गल्ती गरेको महसुस भएको जनाएका छन् । महाभियोग सिफारिस समितिसँगको बयानका क्रममा उनले यस्तो बताएका हुन् । कोइरालाको छोराहरुले रोइकराई गरेपछि आफूले संवैधानिक अधिकार प्रयोग गरेर सजाय कम गरेको उनको भनाइ थियो ।

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे काठमाडौं आइपुगेका छन् । उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । 

७. लुम्बिनी र प्रदेश १ प्रदेशसभा ः यी हुन् बैठकमा कम सहभागी हुने सांसद
लुम्बिनी र प्रदेश १ प्रदेशसभामा हालसम्म बसेका बैठक र त्यसमा सबैभन्दा कम र सबैभन्दा बढी उपस्थित हुने सांसदको बारेमा रातोपाटीले लेखाजोखा गरेको छ । 

८. कर नतिर्ने क्यासिनोलाई ७ दिने अल्टिमेटमसहित बालेनले काटे पत्र 
अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् ।

सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी इच्छाराज तामाङसँग जोडिएका थप ३५ जना पनि अनुसन्धानको दायरामा परेका छन् । तामाङ, उनको परिवार र उनी संलग्न कम्पनीको कारोबारमा जोडिएको पाइएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणमा संलग्न हुन सक्ने देखिएपछि अनुसन्धानको दायरामा परेका हुन् । 

१०. र यो पनि,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद गरेको आरोपमा प्रहरीले ठमेलस्थित छाया सेन्टरमा कार्यरत सेक्युरिटी गार्ड शेरजंग गुरुङ पक्राउ परेका छन् ।

सत्ता गठबन्धनको कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ ।  

प्रतिनिधिसभाको कार्यकालसम्बन्धी ल्याइएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ माथि सामान्य छलफल सुरु भएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप