सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभातर्फ रुपन्देही–२ मा उम्मेदवारीका लागि एमालेबाट विष्णु पौडेलको नाम सिफारिस

क्षेत्र नम्बर ३ बाट घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस
आइतबार, १९ भदौ २०७९, १६ : २८
आइतबार, १९ भदौ २०७९

नेकपा एमालेले रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम सिफारिस गरेको छ । पौडेललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमालेले जनाएको छ ।पौडेलले ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांगे्रसका नेता युवराज गिरीलाई पराजित गरेका थिए । पौडेल यो क्षेत्रबाट लगातार तीन पटक विजयी भएका छन् ।

त्यस्तै एमालेका नेता घनश्याम भुसाल रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका छन् । एमालेले भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

एमाले ३ नम्बर क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल र लुम्बिनी प्रदेश कमिटी सदस्य घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको हो ।

घनश्याम भुसाल २०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट राप्रपा–कांग्रेस गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । घिमिरे २०७४ सालको स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा विजयी भएका थिए ।

त्यसैगरी एमालेले विर्वाचन क्षेत्र नं. ५ मा नेता खिमलाल देवकोटालाई उम्मेदवार सिफारिस गरेको छ । यसअघि ०७४ सालको निर्वाचनमा क्षेत्र नं ५ मा तत्कालीन वाम गठबन्धनबाट माओवादीका डिलाराम आचार्यलाई हराउँदै कांग्रेसका भरत शाह बिजयी भएका थिए । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीका अनुसार आइतबारको बैठकले यी तीन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप