गृहमन्त्री खाण रुपन्देही-३ कांग्रेसबाट सर्वसम्मत सिफारिस
आइतबार, १९ भदौ २०७९, १७ : ५७
नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरिएको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौं बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए ।
क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेल सिफारिस भएपछि क्षेत्र नम्बर ३ बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी नदीहरूमा बाढी, नारायणी र बागमती नदी तटीय क्षेत्रमा उच्च जोखिम
-
आज विश्व रेबिजविरुद्धको दिवस : नेपालमा वार्षिक करिब ७० हजार कुकुरले टोकेका बिरामी
-
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा
-
नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
-
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
-
अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु