मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटबाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवारको नाम सिफारिस

आइतबार, १९ भदौ २०७९, १६ : ४९
आइतबार, १९ भदौ २०७९

 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले रौतहटका सबै निर्वाचन क्षेत्रबाट उमेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ रौतहटको १, २ र ३ नम्बर क्षेत्रमा एकल नाम सिफारिस हुँदा क्षेत्र नम्बर ४ मा भने तीन जनाको नाम सिफारिस गरिएको छ ।

एमालेले प्रतिनिधिसभातर्फ रौतहट क्षेत्र नम्बर १ मा अजयकुमार गुप्ता, क्षेत्र नम्बर २ मा किरणकुमार साह र क्षेत्र नम्बर ३ मा प्रभु साहको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ४ मा भने क्षेत्रीय कमिटीले प्रतिनिधिसभाको उमेदवारका रुपमा उद्धव रेग्मी, अखिलेश्वर चौधरी र बैधनाथ सहनीको नाम सिफारिस गरेको हो ।

रौतहट जिल्लाको चारवटै क्षेत्रबाट समानुपातिकतर्फको उमेदवारको नाम भने हालसम्म टुंगो लागेको छैन । सोमवार एमाले जिल्ला कमिटीको बैठकबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा समानुपातिकतर्फको नाम सिफारिस गरिने पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप