आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

आइतबार, १९ भदौ २०७९, १७ : १६
आइतबार, १९ भदौ २०७९

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । 

मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउन अनुरोध गरिएको छ । अन्यथा नियमबमोजिम बाँकी सरह बाँकी कर असुल उपर गरिने विभागीय प्रमुख शिवराज अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप