गठबन्धन बैठक : सिट बाँडफाँट अबको दुई दिनमा टुंगिन्छ
सत्ता गठबन्धनको कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निष्कर्षमा नपुगेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने बताए । ‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं’, कार्कीले आइतबारको बैठकपछि भने ।
सिट बाँडफाँटकै सेरोफेरोमा रहेर छलफल भइरहेको पनि कार्कीको भनाइ छ । उनले सिट बाँडफाँट न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुने गरी निर्णयमा पुग्ने दाबी गरे । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभामा पनि जित्नेगरी संख्या भागबण्डा गर्ने गृहकार्य भइरहेको नेताहरूको भनाइ छ । यसअघि प्रतिनिधि सभामा दलहरूले दाबी गरेको संख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरू सहमति नजिक पुगेका छन् ।
आइतबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेतासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटबारे छलफल गरेका थिए । त्यसक्रममा नेताहरुबीच हारजितको माइक्रो एनालाइसिस गरेर सोही अनुसार भागबण्डा गर्नु उपयुक्त हुनेमा सहमति भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि