वनमन्त्री यादव र मुख्यमन्त्री राउतको एकल नाम सिफारिस
आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघतर्फ वन तथा वातावरण मन्त्री प्रदीप यादव र प्रदेशतर्फ मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस भएको छ । जनता समाजवादी पार्टी (जसपा) जिल्ला कमिटिले प्रतिनिधिसभा, प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दावेदारहरुको नामावली आज प्रदेश कमिटिमा पठाएको हो । दावेदार उम्मेदवारहरु मध्ये वनमन्त्री प्रदीप यादव र प्रदेशतर्फ मुख्यमन्त्री राउतको एकल नाम सिफारिस भएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ पर्साको निर्वाचन क्षेत्र नं १ मा प्रदिप यादव र समानुपातिक तर्फ जमुना यादव, ईमामुल अंसारी, नसिम अख्तरको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा भने प्रत्यक्षतर्फ करिमा बेगम, जनार्दन प्रसाद यादव, सुरेन्द्र प्रसाद कुर्मी र चन्दन यादव रहेका छन् भने समानुपातिक तर्फ दिपनारायण यादव, उमेशप्रसाद कुर्मी र सखुरानी देवीको नाम सिफारिस भएको छ ।
जिल्लाकै निर्वाचन क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फ मधु गुप्ता, भरत गिरी र समानुपातिकमा भने खाली छोडिएको छ । त्यसैगरी क्षेत्र नं ४ मा जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र तबरेज अहमदको नाम प्रत्यक्ष तर्फ र समानुपातिकमा रामसिस महतो कोईरी, प्रमेश्वर ठाकुर, भगन सहनी मलाह, संध्या यादव, शुरेस साह कानु रहेका छन् ।
प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्रीको नाम सिफारिस
प्रदेशसभा सदस्यहरुका पर्साको निर्वाचन क्षेत्र नं १ (क) मा जनत अंसारी, फिरोज मिया मंसुरी,बृजमोहन तिवारी, रहेका छन् भने क्षेत्र नं १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस भएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ (क) मा रामनरेशप्रसाद यादव, वीरेन्द्र प्रसाद यादव, वीपिन यादव र २ को (ख) मा कामेश पंडित, प्रेमबाबु प्रसाद, मुकेश दुबेदी, रुपेशमान सिंह श्रेष्ठ, संजिवकुमार यादव, मन्टु गिरीको नाम सिफारिस भएको छ ।
प्रदेशसभा सदस्य तर्फको ८ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ३ (क) मा शिवकुमार साह,प्रमोद जयसवाल, मञ्जुर अन्सारी, अनिल राउत कुर्मी र ३ कै (ख) मा गौरीशंकर साह र शिवजी सोनीको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ४ (क) मा भने मोहन लाल चौधरी र (ख) मा सिहासन साह कलवारको नाम सिफारिस भएको छ । जसपा जिल्ला कमिटिले प्रदेशको समानुपातिक तर्फ ८ वटा निर्वाचन क्षेत्रका लागि ४२ जनाको नाम सिफारिस गरेको छ ।
पार्टी जिल्ला कमिटिले प्रदेशलाई पठाएको नाममा कसको नाम अन्तिम चरणमा पर्दछ भन्ने गठबन्धनको सिट बााडफाँड पश्चात मात्रै टुंगो लाग्नेछ । जसपा पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले मापदण्ड पुगेका आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश कमिटीलाई आजै पठाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)