शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गणतन्त्र स्थापनाको नेतृत्व मैले गरेको हुँ : माधव नेपाल

चुनाव जितेर देखाउन बाँस्तोलालाई चुनौती
आइतबार, १९ भदौ २०७९, १५ : ३९
आइतबार, १९ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कामको नेतृत्व आफूले गरेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले आफू नेतृत्वको तत्कालीन एमालेले गणतन्त्रमा जाने निर्णय गरेर सो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका हुन्। 

गणतन्त्रको पक्षमा काँग्रेस नरहेको, माओवादीभित्र पनि सांस्कृतिक राजाको कुरा भइरहेका बेला आफू नेतृत्वको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गरेर आन्दोलनलाई अघि बढाएको उनले बताए । उनले भने, ‘यहाँ गणतन्त्र ल्याउनका लागि विभिन्न पार्टीमा बहस भएको थियो । काँग्रेस गणतन्त्रको पक्षमा आएको थिएन । माओवादी पार्टी गणतन्त्रवादी भएता पनि त्यहाँ भित्र पनि कहिले सांस्कृतिक राजाको कुरा हुने गर्दथ्यो  । हाम्रो पार्टी भित्र पनि विवाद भयो । २०६२ सालको असार र साउन महिनामा बसेको तत्कालीन एमालेको केन्द्रीय कमिटी बैठकले गणतन्त्रमा जाने निर्णय गर्‍यो । हामीले नै गणतन्त्र ल्याउनका लागि बुटवलबाट आन्दोलनको नेतृत्वका गरेका थियौँ । धर्मेन्द्रजीले राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नु भयो । एउटा निर्वाचन क्षेत्रमा त जितेर देखाउनु पर्‍यो । एउटा निर्वाचन क्षेत्रमा तपाई जित्न सक्नु हुन्न, एउटा जिल्लामा तपाई जित्न सक्नुहुन्न भ भने अनि अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्नुस् ।’

अध्यक्ष नेपालले निर्वाचनमा भाग लिई जितेर देखाउन पनि नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलालाई चुनौती दिए । तर चुनाव जित्न नसक्ने अनि राष्ट्रपतिको उम्मेदवार आफू हो भन्न बाँस्तोलाले नमिल्ने उनको भनाई थियो । अध्यक्ष नेपालले समाजवादको मार्ग तय गर्नका लागि जनतामा जागरण ल्याउनुपर्ने धारणा समेत राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप