प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारीमा राजेन्द्र लिङ्देन
आइतबार, १९ भदौ २०७९, १४ : २८
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले संसद पदबाट राजीनामा दिने भएका हुन् ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिसकेको, सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो ।
४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेको राप्रपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)